Lite Nepal

शुक्रबार, फाल्गुण १५, २०८२

विराटनगर । स्थापनाको छोटो समयमा नै गुणस्तरीय सेवा दिएर नेपाल र भारतमा चर्चामा रहेको विराटनगरको रानी आँखा अस्पतालले ज्येष्ठ नागरिक (६५ वर्ष माथिका), विपन्न तथा असहाय नेपालीलाई मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवा दिन थालेको छ ।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सेवा सुरु गरेको हो । दैनिक ३ जना सम्मले उक्त सेवा निःशुल्क लिइरहेको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोला बताउँछिन् । ‘निःशुल्क शल्यक्रियाको लागि ६५ वर्ष उमेर नाघेका नेपाली नागरिक हुनुपर्नेछ,’ प्रमुख बास्तोला भन्छिन्, ‘यस्ता नागरिकलाई हामीले प्राथमिकतामा राखेर निःशुल्क सेवाको व्यवस्था गरेका छौं ।’

उनका अनुसार यो सेवा लिने एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि भने उमेर हद लागू हुने छैन । ‘उमेर हद एकल महिला तथा अपाङ्गता भएका व्यक्ति बाहेकका लागि मात्रै हो,’ प्रमुख बास्तोलाले प्रस्ट पार्दै भनिन्, ‘यो निःशुल्क सेवा लिने सूचिमा पर्नेहरू एकै दिन धेरै भए दैनिक ३ जनाका दरले अर्को दिन पनि सेवा दिन्छौं ।’

निःशुल्क सेवा नेपाली नागरिकलाई मात्रै भएको र यो सेवा लिन आउने ज्येष्ठ नागरिक, विपन्न तथा असहायले आफ्नो परिचय खुल्ने नागरिकता र राष्ट्रिय परिचयपत्र लिएर आउनुपर्ने अस्पतालका वरिष्ठ नेत्र रोग तथा कोर्निया विशेषज्ञ डा. अभिषेक सुवालले जानकारी दिए ।

प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा आँखाको उपचारका लागि धेरै अस्पतालहरू सञ्चालनमा भए पनि यस्ता सामाजिक उत्तरदायित्वका काम र गुणस्तरीय सेवाका कारण रानी आँखा अस्पतालले बिरामीको मन जितेको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित सिमाना नजिकै रहेको यो अस्पतालमा दैनिक मोतियाबिन्दु , मासु पलाएको (पीटीजी) र नली बन्द हुने (डीसीआर) जस्ता समस्याको शल्यक्रिया हुँदै आएको छ । यहाँ आँखासम्बन्धी सामान्य र जटिल सबै समस्याको उपचार हुने डा. सुवाल बताउँछन् । ‘त्यो बाहेक औषधि, थेरापी र ‘एक्सरसाइज’मार्फत पनि उपचार यहाँ गरिन्छ,’ उनले भने ।

अस्पतालले आँखाको शल्यक्रियाका लागि अत्याधुनिक उपकरण एवं मेसिनको व्यवस्था गरेकाले बिरामीले इन्जेक्सन नदिइ र पीडाबिनै यहाँ उपचार पाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं