Lite Nepal

शनिबार, बैशाख ०५, २०८३

काठमाडौं । अफगानिस्तानका विभिन्न प्रान्तमा यस अघि लगातार १२ दिन सम्म आएको वर्षा र बाढीका कारण ७३ हजार भन्दा बढी मानिसहरु प्रभावित भएको संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपिए) लाई उदृत गर्दै शनिबार टोलो न्यूजले जनाएको छ ।

युएनएफपिएको रिपोर्टका अनुसार बाढीले अफगानीस्तानका विविन्न स्थानमा क्षति पुर्याएको छ भने हजारौं घर, कृषि जग्गा र सडक लगायत प्रमुख पूर्वाधारहरू ध्वस्त पारेको छ ।

विस्थापित परिवारहरू, विशेष गरी महिला तथा वालवालीकाहरुले स्वास्थ्य सेवाहको पहुँचमा गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन् ।

उनीहरुलाई तत्काल खाना, आश्रय, र मनोसामाजिक सहयोग अत्यावश्यक भएको जनाइएको छ ।

मानव अधिकारवादी संस्थाहरूले बढ्दो आवश्यकताहरू सम्बोधन गर्न र अवस्थाको थप बिग्रन रोक्न सहयोग बढाउन आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं