काठमाडौँ । विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न भागमा सुकुम्वासी समुदायहरूले आन्दोलन चर्काएका छन्।
यसैक्रममा आज पोखरामा सुकुम्वासीहरूले मसाल जुलुससहित प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालन)को राजीनामा माग गरेका हुन्।
आन्दोलनरत समूहले उचित व्यवस्थापनबिनै बस्ती हटाउने प्रयास भइरहेको आरोप लगाएका छन्। उनीहरूले वैकल्पिक आवास, जग्गा व्यवस्था र पुन:स्थापनाको स्पष्ट सुनिश्चितता नभएसम्म कुनै पनि बस्ती हटाउने प्रक्रिया स्वीकार्य नहुने अडान दोहोर्याएका छन्।
सरकारले विभिन्न स्थानमा रहेका अनधिकृत बस्ती व्यवस्थापन तथा हटाउने प्रक्रिया अघि बढाइरहेका बेला त्यसविरुद्ध सुकुम्वासी समुदायको असन्तुष्टि सार्वजनिक रूपमा बढ्दै गएको देखिएको छ।
