Lite Nepal

शुक्रबार, जेठ २२, २०८३

विराटनगर । प्रभात सेकेण्डरी इङ्गलिस बोर्डिङ स्कुल, धरानमा आयोजित एक दिने निःशुल्क आँखा शिविरमा दुई सय बढीले सेवा लिएका छन् ।

विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालको आयोजना तथा धरान–१२, चतरा लाईनमा रहेको प्रभात सेकेण्डरी इङ्गलिस बोर्डिङ स्कुलको व्यवस्थापनमा शुक्रबार सम्पन्न आँखा शिविरमा १९२ जना विद्यार्थी र ७५ जना अभिभावकको आँखा परीक्षण गरिएको थियो ।
उक्त शिविरमा परीक्षण गरेका मध्ये ८ जनाको आँखाको अप्रेसन गर्नुपर्ने अवस्था रहेको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तालाले जानकारी दिईन् ।

अस्पतालले शिविरमा परीक्षण गरिएका आँखाको अप्रेसन गर्नुपर्ने बिरामीलाई ५० प्रतिशत छुट सहितको व्यवस्था गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम अनुसार अस्पतालले कोशी प्रदेशका विभिन्न जिल्लामा समय समयमा निःशुल्क आँखा शिविरको आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं