विराटनगर । विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालले एक दिने शिविरको आयोजना गर्दै जिल्ला कारागार मोरङका कैदी बन्दीको आँखाको परीक्षण गरेको छ ।
बुधबार बिहान १० बजेदेखि ४ बजे सम्म कारागार परिसरमा शिविर सञ्चालन गर्दै ३०० जना कैदी बन्दीको आँखाको परीक्षण गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले जानकारी दिइन् ।
उनका अनुसार परीक्षण गरिएका ३०० मध्ये ४ जनाको अप्रेसन गर्नुपर्ने देखिएको छ । बुधबार उक्त स्थानमा २४० जना पुरुष र ६० जना महिलाको आँखाको परीक्षण गरिएको हो ।
अस्पतालले शिविरमा परीक्षण गरिएका आँखाको अप्रेसन गर्नुपर्ने बिरामीलाई ५० प्रतिशत छुट सहितको व्यवस्था गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम अनुसार अस्पतालले कोशी प्रदेशका विभिन्न जिल्लामा समय समयमा निःशुल्क आँखा शिविरको आयोजना गर्दै आएको छ ।