Lite Nepal

आइतबार, आषाढ १४, २०८३

काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा बुधबार साँझ गएको विनासकारी भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या कम्तीमा १ हजार ४ सय ३० पुगेको छ। भेनेजुएलाका शीर्ष अधिकारीहरूले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भग्नावशेषमा पुरिएका नागरिकहरूलाई जीवितै उद्धार गर्ने समय निकै ढिलाइ भएको बताएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार राजधानी कारकास नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलको एउटा धावनमार्ग (रनवे) पुनः सञ्चालनमा आएको छ। यसअघि विमानस्थल बन्द हुँदा राहत सामग्री ढुवानीमा ठूलो बाधा पुगेको थियो। रनवे खुलेसँगै विभिन्न देशहरूबाट आउने मानवीय सहायता सामग्री र विशेष खोजी तथा उद्धार टोलीहरू मैदानमा खटिएका छन्।

दशकौँदेखि जर्जर बनेको भेनेजुएलाको स्वास्थ्य प्रणालीका कारण अहिले स्थानीय अस्पतालहरू घाइतेहरूको उपचार गर्न नसक्ने अवस्थामा पुगेका छन्।

विश्वका विभिन्न कल्याणकारी संस्थाहरूले अहिले भेनेजुएलाका भूकम्प पीडितहरूका लागि आकस्मिक सहयोगको अपिल समेत गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं