काठमाडाैं । मध्य चीनको हुबेई प्रान्तको पूर्वी क्षेत्रमा सोमवार राति आएको भीषण आँधीबेहरी र हावाहुरीका कारण ११ जनाको मृत्यु भएको छ ।
विपत्तिमा परी एकजना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । सोमवार राति ७ देखि ११ बजेको बीचमा हुआङ्सी, हुआङ्गाङ, एजोउ र सियानिङ लगायतका क्षेत्रमा मेघगर्जनसहित शक्तिशाली हावाहुरी चलेको थियो ।
केही क्षेत्रमा प्रतिघण्टा उच्च गतिको लेभल १३ सम्मको हावाहुरी र चक्रवात समेत आएको स्थानीय प्रशासनले जनाएको छ ।