Lite Nepal

आइतबार, आषाढ २८, २०८३

तेहरान । इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्जुज बन्द गर्ने घोषणा गरेसँगै अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले साइप्रसको झण्डा बोकेको एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले यो साताको तेस्रो ठुलो सैन्य कारबाही गरेको हो।

इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले उक्त हर्मुज हुँदै जाने पानीजहाजले स्वीकृत मार्ग परिवर्तन गरेको र चेतावनीलाई बेवास्ता गरेको भन्दै क्रुज मिसाइल प्रहार गरेको थियो।

इरानले अर्को सूचना नभएसम्मका लागि उक्त हर्जुज पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। यसको जवाफमा अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले गलत निर्णय गरेको र यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। सेन्टकमका अनुसार इरानी आक्रमणबाट जहाजको इन्जिन कोठामा ठुलो क्षति पुगेको छ भने एक चालक दलका सदस्य बेपत्ता भएका छन्।

यो सैन्य तनावको पृष्ठभूमिमा इरानका नयाँ सर्वोच्च नेता आयतोल्लाह मोज्तवा खामेनीको बदला लिने उद्घोष रहेको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परी मारिएका आफ्ना पिता तथा पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि लगत्तै मोज्तवा खामेनीले शत्रुसँग रगतको बदला लिने बताएका थिए। मसादमा भएको अन्त्येष्टि समारोहमा सहभागी हजारौँ इरानीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको माग गर्दै प्रदर्शन नै गरेका थिए ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी धम्कीको कडा शब्दमा प्रतिवाद गर्दै इरानले कुनै पनि अप्रिय कदम चालेमा उसका सबै क्षेत्रहरू ध्वस्त पारिदिने चेतावनी दिएका छन् । उता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले युद्धविरामको सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । यो द्वन्द्वले विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर संकट उत्पन्न गराएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं