Lite Nepal

बुधबार, आषाढ ३१, २०८३

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्र र जनसमुदायसँग निरन्तर सम्पर्कमा रहँदै नागरिकका समस्या, आवश्यकता र अपेक्षा बुझ्न आग्रह गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले संसद र जनताबीचको सम्बन्ध बलियो भएमा लोकतान्त्रिक प्रणाली थप प्रभावकारी, उत्तरदायी र जनमुखी बन्ने धारणा राखे।

उनले प्रतिनिधि सभाले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रमसँगै विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरिसकेको जानकारी गराए।

नयाँ गठन भएको प्रतिनिधि सभाको चालु अधिवेशनमा सांसदहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सभामुख अर्यालले आगामी दिनमा सदनका कामकारबाहीमा अझ सक्रिय र प्रभावकारी सहभागिताको अपेक्षा व्यक्त गरे।

प्रतिनिधि सभाको बैठक आगामी साउन १४ गतेसम्मका लागि स्थगित गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं