Lite Nepal

आइतबार, साउन ०३, २०८३

काठमाडौं । रुसले युक्रेनको राजधानी किभलाई लक्षित गर्दै युद्ध सुरु भएयताकै सबैभन्दा ठूलोमध्ये एक मानिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ। आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्।

शनिबार रातिदेखि आइतबारसम्म किभका विभिन्न क्षेत्रमा लगातार आक्रमण भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई राजधानी किभमाथि भएको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एकको संज्ञा दिएका छन्।

युक्रेनी सेनाका अनुसार रुसले प्रहार गरेका ४१ वटा क्षेप्यास्त्रमध्ये १८ वटा अवरोध गरिएको दाबी गरिएको छ। त्यसैगरी आक्रमणमा प्रयोग गरिएका १०८ वटा ड्रोन पनि निष्क्रिय पारिएको सेनाको भनाइ छ।

युक्रेनी वायुसेनाले पछिल्लो आक्रमणमा इस्कान्देर र हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्रसहित विभिन्न रुसी हतियार प्रणाली प्रयोग गरिएको जनाएको छ। उसका अनुसार कुल १२५ वटा ड्रोनसमेत परिचालन गरिएको थियो।

किभका मेयर भिताली क्लिच्कोका अनुसार आक्रमणबाट आवासीय तथा व्यावसायिक भवनहरूमा क्षति पुगेको छ। प्रभावित संरचनामा सुपरमार्केट र छात्रावाससमेत रहेका छन्। आक्रमणपछि लागेका आगो नियन्त्रणका लागि दमकलकर्मीहरू दुई वटा गोदाम क्षेत्रमा खटिएका छन्।

राष्ट्रपति जेलेन्स्कीले टेलिग्राममार्फत सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक सातामा मात्रै रुसले युक्रेनमाथि करिब १ हजार ४५० आक्रमणकारी ड्रोन, १ हजार ६४० भन्दा बढी निर्देशित बम तथा ९९ वटा विभिन्न प्रकारका क्षेप्यास्त्र प्रयोग गरेको छ।

युक्रेनी पक्षले रुसको प्रमुख अनलाइन खुद्रा कम्पनी ‘वाइल्डबेरीज’का दुई गोदाममा ड्रोन आक्रमण गरेपछि त्यसको प्रत्युत्तर स्वरूप रुसले किभमाथि आइतबार व्यापक आक्रमण गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं