Lite Nepal

शुक्रबार, साउन ०८, २०८३

पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदबीच बिहीवार टेलिफोन वार्ता भएको छ ।

सो क्रममा दुवै नेताले क्षेत्रीय सुरक्षा र सामुन्द्रिक स्थिरताका लागि निकट रहेर सहकार्य गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

कुराकानीका क्रममा प्रधानमन्त्री सरिफले लाल सागरमा साउदी तेल ट्याङ्करहरूमाथि हुथी विद्रोहीहरूले गरेको आक्रमणको निन्दा गरे ।

उनले यस्ता आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन, नौवहन स्वतन्त्रताका लागि गम्भीर खतरा र क्षेत्रीय शान्ति एवं सुरक्षालाई कमजोर पार्ने अस्वीकार्य कार्यको रूपमा चित्रण गरे ।

प्रधानमन्त्री सरिफले साउदी अरबप्रति पाकिस्तानको पूर्ण ऐक्यवद्धता प्रकट गर्दै वर्तमान परिस्थितिमा पाकिस्तानी नेतृत्व र जनता साउदी अधिराज्यको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गरे ।

दुवै नेता क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरता प्रवर्द्धन गर्न तथा लाल सागर, हर्मोज जलडमरू र समग्र क्षेत्रमा कानूनी सामुन्द्रिक व्यापारको निर्बाध प्रवाह सुनिश्चित गर्न मिलेर काम गर्न सहमत भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं