Lite Nepal

शनिबार, साउन १६, २०८३

पाकिस्तान । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा एक कोइला खानीमा भएको विस्फोटमा परी ३४ जना कामदारको मृत्यु भएको उद्धार अधिकारीहरूले बताएका छन् ।

प्रान्तीय राजधानी क्वेटाको बाहिरी इलाकामा अवस्थित उक्त खानीमा बिहीवार स्थानीय समयअनुसार दिउँसो करिब ४ बजे विस्फोट भएको थियो ।

खानीभित्र काम चलिरहेका बेला अचानक विस्फोट हुँदा त्यहाँ कार्यरत मजदुरहरू भित्रै थुनिएका थिए ।

उद्धार टोलीले हालसम्म ३२ जनाको शव निकालिसकेको छ भने अन्य दुई जना अझै खानीको अत्यन्तै जटिल र पहुँचयोग्य नभएको क्षेत्रमा फसिरहेका छन् ।

खानीको उक्त हिस्सामा पुग्न कठिन भएकाले बाँकी दुई जनाको पनि जीवितै उद्धार हुने सम्भावना न्यून रहेको उल्लेख गर्दै अधिकारीहरूले दुर्घटनामा संलग्न सबै ३४ जनाकै मृत्यु भएको हुनसक्ने बताएका छन् ।

घटनाको थप विवरण र विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं