Lite Nepal

आइतबार, साउन २४, २०८३

विराटनगर । भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा शनिवार एउटा निजी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

प्रहरीकाअनुसार हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिव ३९३ किलोमिटर उत्तरमा पर्ने चम्बा जिल्लाको पहाडी सडकमा उक्त दुर्घटना भएको हो । गुडिरहेको बस सडकबाट चिप्लिएर तल रहेको अर्को सडकमा खसेको थियो । दुर्घटनाको समयमा बसमा कुल १८ जना सवार रहेको बताइएको छ । अधिकारीहरूले दुर्घटनाको यकिन कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यसैबीच, हिमाचल प्रदेशमा जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र पहिरोका कारण राज्यका १८५ वटा सडकहरू बन्द भएका छन् ।

राज्य आपत्कालीन सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार गत जुन ३० मा मनसुन शुरु भएयता हिमाचल प्रदेशमा कुल १४३ जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये ६५ जनाको वर्षाजन्य विपद्का कारण र ७८ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं