Lite Nepal

मंगलबार, साउन २६, २०८३

काठमाडौं । कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा सोमबार शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक रिपोर्टअनुसार भूकम्पका कारण कम्तीमा १११ जनाको मृत्यु भएको पुष्टि भएको छ भने भूकम्पका कारण हतास भएका बासिन्दाहरूले ध्वस्त भवनहरूको सर्वेक्षण गरिरहेका छन् ।

भूकम्पका कारण पेरेइरा सहरमा मात्रै कम्तीमा १११ जनाको मृत्यु भएको नगरप्रमुख माउरिसियो सालाजारलाई उद्धृत गरी काराकोल रेडियोले उल्लेख गरेको छ । उनले भूकम्पका कारण सहरमा ‘स्थिति गम्भीर छ’ भने ।

अमेरिकी भूगर्भशास्त्रीहरूले भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा १०० किलोमिटर गहिराइमा रहेको रेकर्ड भएको बताएका छन् । बिहानको यो भूकम्प इक्वेडर, पानामा र भेनेजुएलामा पनि महसुस गरिएको थियो । भेनेजुएलामा जुन महिनाको अन्त्यतिर विनाशकारी भूकम्प गएको थियो ।

समाचार फुटेजमा कोलम्बियाको पश्चिमी भागमा ढलेका भवनहरू देखाइएको छ, तर अधिकारीहरूले सुनामीको डर नरहेको बताएका छन्।

कोलम्बियाको चोको प्रान्तका गभर्नरले एक्समा लेखेका छन्, “प्रान्तीय राजधानी किब्दोमा गम्भीर क्षति भएको छ, जहाँ सामाजिक सञ्जालमा आएका भिडियोमा ढलेका भवनहरू देखिएका छन्।”

कोलम्बियाको तेस्रो ठूलो सहर कालीका नगर प्रमुख एलेहान्द्रो एडरले कम्तीमा २० वटा भवन ढलेको र मानिसहरू फसेको रिपोर्ट गरेका छन् । भूकम्पका कारण ‘ठूलो क्षति’ भएको बताउँदै उनले ड्रोनमार्फत भूकम्पबाट भएको षतिको लेखाजोखा गर्ने काम भइरहेको जनाएका छन् ।

समाचारका माध्यमहरूले मानिजालेसजस्ता सहरहरूमा पनि भवनहरू ध्वस्त भएका तस्बिरहरू प्रसारण गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं