विराटनगर । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा एक हजार दुई रुपैयाँले घटेर ३ लाख ६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा ३ लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर चार हजार सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी तोलामा चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।