Lite Nepal

बिहिबार, साउन २८, २०८३

काठमाडौं । कोलोम्बियामा गत सोमवार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ ।

राष्ट्रपति अबेलार्डो दे ला एस्पिएलाले बुधवार उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार विपद्मा परी हालसम्म ३ हजार ४ सय ९४ जना घाइते भएका छन् भने ४९६ जना अझै बेपत्ता छन् ।

राष्ट्रपतिकाअनुसार यस प्राकृतिक विपद्बाट ५३ हजार भन्दा बढी मानिस प्रभावित भएका छन् ।

प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन सरकारले मुलुकमा ‘आर्थिक संकटकाल’ घोषणा गर्ने तयारी गरेको छ ।

राष्ट्रपति दे ला एस्पिएलाले हाल सरकारको सम्पूर्ण ध्यान र संयन्त्र बेपत्ता भएकाहरूको खोजी कार्यमा केन्द्रित रहेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं