काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।
शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।