Lite Nepal

मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । इण्डोनेसियाको इस्ट नुसा टेन्गारा (एनटीटी) प्रान्तमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले सोमवार यसको पुष्टि गरेको हो ।

बीएनपीबीका प्रमुख सुहर्यान्तोकाअनुसार अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी राखेका छन् । उद्धार टोलीले भूकम्पमा परी घाइते भएका सयौँ मानिसहरूलाई उपचारका लागि सहायता प्रदान गरिरहेको छ ।

गत आईतवारसम्मको तथ्याङ्कअनुसार भूकम्पले घर तथा सार्वजनिक संरचनाहरूमा ठूलो क्षति पुर्‍याउँदा १२ हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । त्यहाँको मौसम विज्ञान, जलवायु तथा भूभौतिक विज्ञान एजेन्सीले पराकम्पन आउने क्रम अझै जारी रहेको जनाएको छ ।

विपद्ग्रस्त क्षेत्रमा राहत सामग्री पुर्‍याउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले जल, स्थल र हवाई यातायातका साधनहरू परिचालन गरेको छ । सिक्का जिल्लाको पालु टापु जस्ता दुर्गम क्षेत्रमा उद्धार र राहतका लागि ११ वटा विमान तथा हेलिकप्टरहरू प्रयोग गरिएका छन् ।

भूकम्पका कारण मांगाराई क्षेत्रीय अस्पतालमा क्षति पुगेपछि स्थानीय स्वास्थ्य सेवा प्रभावित भएको छ । बिरामीहरूको उपचारका लागि बोलो डुकल रङ्गशालामा अस्थायी अस्पताल (फिल्ड हस्पिटल )निर्माणको तयारी भइरहेको अधिकारीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं