उनीहरूले पहाडको एक मात्र सहर
अस्तव्यस्त देखे,
र निष्कर्ष सहित भने,
सहर कुपोषण ग्रस्त छ।
मभित्र एउटा ठुलो भूगोलको फूलबारी
लामो समयदेखि,
मच्ची मच्ची उफ्रिरहेको थियो।
वरपरका सबै सजीव वस्तु ,
रोगले सङ्क्रमित थिए।
तर म बिरामी थिइनँ ।

नक्साहरूले
जीवनकै गलत बाटो डोर्याए,
बुढो बाजेको मक्किएको ठुलो कुर्सीतिर।
र पनि खुलम खुला समर्थन गर्यौँ
हामीले पुरानै रोगलाई।