Lite Nepal

बिहिबार, आश्विन १५, २०८३

विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा भएको झडपमा नेता शेखर कोइरालाको कुनै संलग्नता नरहेको सचिवालयले जनाएको छ ।

अधिवेशन स्थलमा भएको घटनासँग नेता कोइरालाको दुष्प्रचार भएको सचिवालयको जिकिर छ । नेता कोइराला एकता महाधिवेशनको पक्षमा रहेकाले दुवै पक्षको महाधिवेशनमा सहभागी नरहेको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् ।

”डा. शेखर कोइराला पार्टीको ‘एकता महाधिवेशन’का पक्षमा रहनुभएको र दुवै महाधिवेशन प्रक्रियाबाट तटस्थ रहनुभएकाले उक्त घटनामा उहाँको कुनै पनि किसिमको संलग्नता नरहेको जानकारी गराउँदछु,” विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को अधिवेशन स्थलमा झडप भएको थियो । सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु सामुदायिक भवनमा अधिवेशन आयोजना गरिएको थियो ।

बाँसबारीमा मनोनयन दर्ताको तयारी भइरहेका बेला प्रतिनिधिको नामावलीलाई लिएर विवाद भएपछि दुई समूहबीच झडप भएको थियो । घटनामा केही नेता–कार्यकर्ता घाइते समेत भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं