Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । हिजो सामान्य बढेर बन्द भएको बजार आज घटेर बन्द भएको हो ।

आज नेप्से परिसूचक ११ दशमलव ९० अंकले घटेर २,५८७ को विन्दुमा कायम भएको छ । आज ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५६ कम्पनीको १ करोड १९ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८९को इकाई कारोबार भएको छ । आज यसको २६ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १४ करोड ८४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १४ दशमलव २९ प्रतिशतका दरले कमाएका हुन् ।

एसबिएल डिबेञ्चर २०८९ का इकाईधनीले ८ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । माण्डु हाइड्रोका लगानीकर्ताले ५ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् ।

लक्ष्मी उन्नती कोषका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ८ दशमलव ५५ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं