विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ। सोमबार राति जहदा गाउँपालिका–१, नयाँ बस्ती नजिकैको धानबारीमा कालो प्लास्टिकमा प्याक गरी लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल, ३ नम्बर गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल मोरङले जनाएका छ ।
सशस्त्र प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको गाँजाको तौल २१० किलो रहेको छ। गाँजा कसले लुकाएर राखेको हो भन्नेबारे भने यकिन हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

