Lite Nepal

मंगलबार, आश्विन २०, २०८३

काठमाडौं । नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट हुने खुद्रा बिक्री रोक्न र डिलरमार्फत मात्र बिक्री वितरण गर्न माग गरेको छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुनु नै अभावको मुख्य कारण रहेको बताए। उद्योगहरूले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले निगम र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ।

महासंघले अनावश्यक सिलिन्डरको धरौटी फिर्ता गर्नुपर्नेमा थप नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइएको भन्दै त्यसलाई रोक्न चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं