विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयका प्रमुख यज्ञ पुरीले आयोगको ३६औँ वार्षिक प्रतिवेदन पेस गरेका छन ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरिएको हो।

प्रतिवेदन बुझाउँदै आयोगका इटहरी कार्यालय प्रमुख पुरीले आयोगबाट सम्पादन भएका काम, अनुसन्धान तथा भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासलगायतका विषय समेटिएको जानकारी दिए । कार्यक्रम २०८३ साल असोज २१ गते बुधबार सम्पन्न भएको हो।

