काठमाडाैं । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्ति र नातेदारको घरमा छापा मारेको छ।
सिंहदरबारस्थित स्रोतका अनुसार बुधबार दिउँसो पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मार्ने काम भएको हो।

त्यस्तै, जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ।

जबराका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोलीले छापा मारेको स्रोतले जानकारी दिएको छ।
टोलीले छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरेको बुझिएको छ।
प्रहरीले केही दिनअघि जबरालाई पक्राउ गरेर करिब १२ घन्टापछि छाडेको थियो।