Lite Nepal

बुधबार, आश्विन २१, २०८३

काठमाडौं । सरकारले बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिनमा झारेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्का घटनालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत यस्तो व्यवस्था गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो।

बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिएको छ। त्यस्तै, पोर्चुगललाई काठमाडौंमा कन्सुलेट जेनेरल स्थापना गर्न सहमति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले भूमि, वन तथा विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, सहसचिव नवीनराज सिंह र चक्रबहादुर बुढालाई सचिव तथा नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं