Lite Nepal

आइतबार, आश्विन २५, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ। ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो।

क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रनको योगदान दिए। नेपालका लागि करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रोहित पौडेलको शतकको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितले १२७ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक १०१ रन बनाए। गुल्शन झाले ३४ बलमा आक्रामक ४८ रन जोड्दा अर्जुन कुमालले २३ रन बनाए।

क्यानडाका अखिल कुमारले चार विकेट लिए भने सुख्जिन्दर सिंहले तीन र जहिर शिर्जादले दुई विकेट हात पारे।  यसअघि शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो। त्यससँगै लिग–२ को शीर्ष चारमा पर्ने नेपालको सम्भावना समाप्त भएको छ। अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु मुख्य लक्ष्य बनेको छ।

क्यानडाविरुद्धको जितपछि नेपाल लिग–२ को अंकतालिकामा ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। ३४ खेलबाट २५ अंक रहेको क्यानडा भने सातौँ स्थानमा झरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं