Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीले महाधिवेशनका लागि काठमाडौंका तीन स्थान तय गरिएको जानकारी दिएका छन्।

उनका अनुसार महाधिवेशन खुलामञ्चमा आयोजना हुनेछ भने भृकुटीमण्डपको बगैँचा क्षेत्रमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था गरिनेछ। त्यस्तै, मतदानका लागि राष्ट्रियसभा गृह प्रयोग गरिने भएको छ।

आगामी मंसिर २१ देखि २३ गतेसम्म आयोजना हुने तय भएको महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने संस्थापन इतर समूहको दाबी छ। महाधिवेशनस्थलको टुंगो लगाए पनि संस्थापन इतर समूहले भावी नेतृत्वबारे भने निर्णय गर्न सकेको छैन। सभापतिका आकांक्षीहरूबीच सहमति जुट्न नसक्दा सभापतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषय अझै अनिर्णीत रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं