रेस्टुरेन्टमा जन्मिएको एनभिडियाको योजना

जेन्सेन हुआङ बने विश्वका दसौँ धनी

Lite Nepal

सोमबार, कार्तिक २३, २०८३

काठमाडौं । एआई प्रविधिको बढ्दो मागसँगै चिप निर्माता कम्पनी एनभिडिया विश्वकै प्रभावशाली प्रविधि कम्पनी बनेको छ। कम्पनीका सहसंस्थापक तथा सीईओ जेन्सेन हुआङको सम्पत्ति  नोभेम्बर २०२६ सम्म १५५ अर्ब अमेरिकी डलर पुगेको छ। ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सअनुसार उनी विश्वका दसौँ धनी व्यक्ति बनेका छन्।

हुआङले सन् १९९३ मा आफ्ना दुई सहकर्मी क्रिस मालाचोव्स्की र कर्टिस प्रिमसँग मिलेर एनभिडिया स्थापना गरेका थिए। रोचक कुरा, कम्पनी स्थापना गर्ने योजना अमेरिकाको ड्यानीज रेस्टुरेन्टमा खाना खाँदै गर्दा बनेको थियो।

सुरुमा गेमिङका लागि ग्राफिक्स चिप निर्माणमा केन्द्रित एनभिडियाले सन् २००६ मा सीयूडीए प्रविधि सार्वजनिक गरेपछि वैज्ञानिक गणना र जटिल कम्प्युटिङ क्षेत्रमा पनि विस्तार गर्‍यो। सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएपछि एआई उद्योगमा तीव्र वृद्धि भयो।

एआई मोडेल निर्माण तथा सञ्चालनका लागि आवश्यक शक्तिशाली चिपको माग बढ्दा एनभिडियाले ठूलो सफलता हासिल गर्‍यो। यससँगै कम्पनीको सेयर मूल्य र हुआङको व्यक्तिगत सम्पत्तिमा उल्लेख्य वृद्धि भएको हो।

सन् १९६३ मा ताइवानको ताइपेईमा जन्मिएका हुआङले अमेरिकाको ओरेगन स्टेट युनिभर्सिटीबाट विद्युतीय इन्जिनियरिङमा स्नातक र स्ट्यानफोर्ड युनिभर्सिटीबाट स्नातकोत्तर गरेका हुन्। उनी सन् १९९३ देखि नै एनभिडियाको नेतृत्वमा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं