काठमाडौं । अमेरिकी र्यापर जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राख्दै प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नयाँ लुक्स सार्वजनिक गरेका छन्। सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कालो चस्मा र कालो हाइनेक लगाएको सेल्फी सार्वजनिक गरेका हुन्।
तस्बिरमा शाहले एक हातले आफ्नो कपाल समातेका छन्। उनको निधारमा चाउरी परेको देखिन्छ भने पोस्टको क्याप्सनमा उनले स्माइली इमोजी राखेका छन्। राजनीतिक टिप्पणीकार सौरभले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ‘लुसिफर’ शब्द प्रयोग गरेपछि यो शब्द चर्चामा आएको थियो।

त्यसपछि प्रधानमन्त्री शाहले पनि सोही शीर्षकको गीतलाई ब्याकग्राउन्ड म्युजिकका रूपमा प्रयोग गर्दै आफ्नो तस्बिर सार्वजनिक गरेपछि उनको पोस्टलाई लिएर सामाजिक सञ्जालमा चासो बढेको छ।
