काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको छ ।
भेटका क्रममा दुई देशबीचको आपसी सहकार्य, व्यापारिक सम्बन्ध तथा आर्थिक साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

