Lite Nepal

सोमबार, कार्तिक २३, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखराले प्रस्तुत गरेको उत्कृष्ट प्रदर्शनसँगै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।

पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन मात्रै बनाउन सक्यो। कर्णालीका पवन सर्राफले सर्वाधिक ३२ रन बनाए। उनले ३१ बलमा २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै आरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ र सोमपाल कामीले २१ रन जोडे।

पोखराका बलर मेहदी हसनले ३ विकेट लिए भने धनञ्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट हात पारे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। पोखराका युवराज सम्राले आक्रामक शतकीय पारी खेले। उनले ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा अविजित १०२ रन बनाए।

त्यस्तै कुशल भुर्तेलले ३९ बलमा ७ छक्कासहित ६२ रनको योगदान दिए। कर्णालीका सोमपाल कामीले २ तथा मार्क वाटले १ विकेट लिए। यस जितसँगै पोखराले जारी लिगमा पहिलो जित निकालेको छ। यसअघि खेलेका चारवटै खेलमा पराजित भएको पोखराले पाँचौँ खेलमा आएर जितको खाता खोलेको हो। यद्यपि, पहिलो जितपछि पनि पोखरा अंकतालिकाको पुछारमै रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं