Lite Nepal

आइतबार, कार्तिक २९, २०८३

न्युयोर्क । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९ः१५ बजे अवतरण गर्दै गरेको र उडान भर्ने तयारीमा रहेको विमान विमानस्थलका दुई ट्याक्सीवे जोडिने स्थानमा ठोक्किएका थिए।

घटनामा घाइते भएका दुई जनालाई घटनास्थलमै उपचार गरिएको र अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको मियामी–डेड अग्नि उद्धार विभागले जनाएको छ।

कोपा एयरलाइन्सको विमान पानामा सिटीबाट मियामी आइपुगेको थियो भने यूपीएसको कार्गो विमान मियामीबाट कोलम्बियाको राजधानी बोगोटाका लागि उड्ने तयारीमा थियो।

घटनाबारे अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं