Lite Nepal

आइतबार, कार्तिक २९, २०८३

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छन् । नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कांस्य पदक जितेकी हुन् । बैंककस्थित फेसन आइल्याण्डको स्पोर्ट्स हलमा आयोजित प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगी विधाको फाइनलमा थाइल्यान्डकी खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा पराजित हुँदै रजत पदकमा सीमित भइन् ।

त्यसैगरी, पुम्से विधामा ३५ खेलाडीबीच भएको प्रतिस्पर्धामा उनले कांस्य पदक हासिल गरिन् । यसअघि वैभवीले थाइल्यान्डमै सम्पन्न १४औँ रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई रजत पदक जितेकी थिइन् ।

शनिबार र आइतबार गरी दुई दिन सञ्चालन भएको प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, भारत, इन्डोनेसिया, अमेरिका, हङकङ, म्यान्मा, बेल्जियम, सिंगापुर र भियतनामका करिब तीन हजार खेलाडी सहभागी थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं