Lite Nepal

आइतबार, कार्तिक २९, २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)  पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरिएका दानबहादुर कार्कीलाई सरकारले घरमै पुगेर नियुक्तिपत्र थमाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार नियुक्त गरिएको पत्र बुझ्न कार्कीले अस्वीकार गरेपछि गृह मन्त्रालयका कर्मचारीले उनको निवासमै पुगेर पत्र बुझाएका हुन् ।

स्रोतका अनुसार गत १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारीले कार्कीको घरमै पुगेर नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।  १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बैठकले एआईजी डा.  मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै गृह मन्त्रालयले कार्यालय समयमै कर्मचारी खटाएर कार्कीलाई उनको निवासमा नियुक्तिपत्र बुझाएको स्रोतको भनाइ छ । कार्कीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत व्यवस्था गरिएको छ ।

यद्यपि, सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका छन् । आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न माग गर्दै उनले रिट निवेदन दायर गरेका छन् । उनको रिटमा सोमबारका लागि पेसी तोकिएको थियो । तर, सोमबार सार्वजनिक बिदा परेकाले उक्त दिन सुनुवाइ नहुने भएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं