Lite Nepal

बुधबार, मंसिर ०२, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबर नोट नष्ट गरेको छ । गत आर्थिक वर्ष केन्द्रीय बैंकले झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोट नष्ट गरेको हो ।

२०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणले यस बैंकमा जम्मा गर्नरसट्टाभर्ना लिन ल्याएका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका नोट धुल्याइ ब्रिकेट बनाएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड बराबरका नोट चलनचल्तीमा रहेकोमा २०८३ असार मसान्तसम्म ६।०८ प्रतिशत वृद्धि भई ८ खर्ब ७ अर्ब बराबर नोट चलनचल्तीमा छन् ।

बैंक नोटको सुरक्षण विशेषता तथा नोटमा प्रयोग हुने प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय स्तर अनुसार अद्यावधिकरपरिमार्जित गर्दै बैंकनोटलाई थप सुरक्षित तथा गुणस्तरीय बनाउँदै लगिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
गत आव ५ रुपैयाँ दरका ३५ करोड थान बैंकनोट करार सम्झौता बमोजिम आपूर्ति भई केन्द्रीय बैंकको ढुकुटीमा राखिएका छन् ।

त्यसैगरी १० रुपैयाँ दरका ३४ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता बमोजिम पहिलो लट र दोस्रो लटअन्तर्गत २३ करोड थान ढुकुटीमा सुरक्षित राखिएको छ ।

केन्द्रीय बैंकका अनुसार गत आव १०० रुपैयाँ दरको ३० करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि भएको करार सम्झौता बमोजिम पहिलो लट र दोस्रो लटअन्तर्गत २१ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएको छ ।

त्यसैगरी ५०० रुपैयाँ दरको २३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि भएको करार सम्झौता बमोजिम पहिलो लटमा १२ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएको छ ।

त्यसैगरी गत आव ५० दरको ४२ करोड थान र १००० दरको ४३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता भएको केन्द्रीय बैंकले जनाएको छ ।

२०८३ असार मसान्तमा विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार बराबर नयाँ नोट मौज्दात केन्द्रीय बैंकसँग छ । अघिल्लो वर्ष यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं