Lite Nepal

बुधबार, मंसिर ०२, २०८३

विराटनगर । शेयर बजार आज बुधवार पनि घटेर बन्द भएको छ । नेप्से परिसूचक ११ दशमलव ०५ अंकले घटेर आज २,६२५ को विन्दुमा कायम भएको छ । आज ७० कम्पनीको शेयर मूल्य बढेको छ, भने १९९ कम्पनीको शेयर मूल्य घटेको छ ।

दिनभरिमा ३४७ कम्पनीको १ करोड १ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ । यस कम्पनीको ३२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै एनआरएनको १२ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले ३ दशमलव २६ प्रतिशतका दरले कमाएका हुन् । यस्तै कुमारी सबल योजनाका इकाईधनीले ३ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् भने लिबर्टी इनर्जीका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ६३ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं