ताप्लेजुङ । सदरमुकाम फुङलिङको बिरेन्द्रचोकमा रहेको बुङकुलुङ दुध डेरीमा बिहीवार बिहान आगलागी हुँदा चार लाख रुपैयाँको क्षति भएको छ। स्थानीयका अनुसार बिहान ७ : २० बजेको समयमा दूध तताउने क्रममा ग्यास लिक भएर आगलागी भएको हो।
स्थानीय र प्रहरीको सक्रियताले ७ : ३५ बजे आगो नियन्त्रणमा आएको नियन्त्रणमा सक्रिय सुरज ओझाले जानकारी दिए।
डेरी र नजिकको पसलका कपडा लगायतका सामग्री समेत गर्दा चार लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।