चितवन । चितवनमा भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा कार्यरत विकास मगरको पाँच वर्षीया छोरी अन्जना मगरको खेल्ने क्रममा अचानक सेफ्टी ट्यांकीमा खसेर मृत्यु भएको हो।
भरतपुर-१० घर भएकी बालिका असार ३० गते सेफ्टी ट्यांकीमा खसेकी थिइन्। उनको तत्काल उद्धार गरी भरतपुर अस्पतालमा उपचार भइरहेको थियो।
उपचारको क्रममा हिजो साँझ ६:४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।