
काठमाडौं । ताप्लेजुङमा जन्मिएर काठमाडौंमा रहेकाहरूको साझा संस्था ताप्लेजुङ समाज नेपालले आफ्नो साधारण सभा तथा तेस्रो अधिवेशन कात्तिक २२ गते गर्ने निर्णय गरेको छ ।
भदौं २ गते बसेको कार्यसमितिको पूर्ण बैठकले उक्त मितिमा काठमाडौं स्थित एसआर पार्टी प्यालेस, धुम्बाराहीमा अधिवेशन गर्ने निर्णय गरेको हो । कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
साधारण सभा तथा अधिवेशनका लागि सो समयमा समाजका साधारण, आजीवन लगायत सम्पूर्ण सदस्यहरूलाई उपस्थितिको आग्रह समेत गरेको संस्थाका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले जनाकारी दिए ।
