
काठमाडौं । गायिका जुनु प्रसाई र सन्तोश बि सिको स्वरमा सजिएको ‘ताप्लेजुङको हाङ्पाङ् हो घर’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा ताप्लेजुङको हाङ्पाङ् र समग्र जिल्लाको महत्वलाई उजागर गरिएको छ ।
भीमकुमार ओझाको शब्द र बिनोद गहतराजको लयमा तयार भएको उक्त गीतमा जुनु र सन्तोशको सुमधुर आवाजले आत्मा भरिएको छ ।
नारायण दङ्गालको एरेन्ज र सागर पुन रेकर्डिस्ट रहेको उक्त पूर्वेली शैलीको गीतलाई कुमार सानू पुनले मिक्समास्टरिङ्ग गरेका हुन् ।
गायिका जुनु ताप्लेजुङको आठराई हाङ्पाङ्मा नै जन्मिएकी भएर पनि उनले यो गीतको शब्द र भावलाई न्याय गरेको देखिन्छ । उनीसँगै गायक सन्तोशले पनि पूवेली लयको यो गीतलाई प्राण भरेका छन् ।
गीत जुनु प्रसाईकै युट्युब च्यानल ‘जुन प्रसाई मुन’ बाट बुधबार सार्वजनिक गरिएको छ ।
