Lite Nepal

बिहिबार, कार्तिक २७, २०८२

काठमाडौं । गायिका जुनु प्रसाई र सन्तोश बि सिको स्वरमा सजिएको ‘ताप्लेजुङको हाङ्पाङ् हो घर’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा ताप्लेजुङको हाङ्पाङ् र समग्र जिल्लाको महत्वलाई उजागर गरिएको छ ।

भीमकुमार ओझाको शब्द र बिनोद गहतराजको लयमा तयार भएको उक्त गीतमा जुनु र सन्तोशको सुमधुर आवाजले आत्मा भरिएको छ ।

नारायण दङ्गालको एरेन्ज र सागर पुन रेकर्डिस्ट रहेको उक्त पूर्वेली शैलीको गीतलाई कुमार सानू पुनले मिक्समास्टरिङ्ग गरेका हुन् ।

गायिका जुनु ताप्लेजुङको आठराई हाङ्पाङ्मा नै जन्मिएकी भएर पनि उनले यो गीतको शब्द र भावलाई न्याय गरेको देखिन्छ । उनीसँगै गायक सन्तोशले पनि पूवेली लयको यो गीतलाई प्राण भरेका छन् ।

गीत जुनु प्रसाईकै युट्युब च्यानल ‘जुन प्रसाई मुन’ बाट बुधबार सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं