Lite Nepal

आइतबार, साउन ३२, २०७७

काठमाडौ । अभिनेत्रीलाई लक्षित गरेर चलचित्र पत्रकार प्रकाश सुवेदीले टेलिभिजन कार्यक्रममा गरेको अभद्र भाषाको प्रयोग विरुद्ध कलाकार तथा चलचित्र क्षेत्रका विभिन्न संगठन उभिएका छन्।

कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र द्वन्द्व संघ र चलचित्र नृत्य संघले सो घटनाको विरोध गरेको हो ।

एपी वान टेलिभिजनको कार्यक्रम रजतपटमा नायिका पूजा शर्मालाई लक्षित गरेर प्रयोग गरेको भाषालाई लिएर विरोध भएपछि प्रस्तोता सुवेदीले माफी मागेका थिए । उनले माफी मागे पनि त्यो माफी जस्तो नै नरहेको भन्दै नायिका शर्माले प्रतिक्रिया दिएकी थिइन् । उनले उजुरी समेत दिएकी छन् ।

तर कलाकार तथा चलचित्रका सात संगठनले विज्ञप्ति जारी गरेर ‘रजतपट’ र ‘ग्लामर गफ’ कार्यक्रममा सहभागी नहुन चलचित्रकर्मीलाई आग्रह गरेका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं