Lite Nepal

आइतबार, साउन ३२, २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उनले देहत्याग गरेको अधिकारीहरुले जनाएका छन् ।

आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उनले आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गरेका छन् ।

उनले दिवंगत रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई सवैभन्दा राम्रो साथी भएको स्मरण गरेका छन्। उनले भावुक बन्दै भने, ‘भाइलाई गुमाउनु पर्दा अत्यन्त गाह्रो भएको छ र चाडै उनीसँग फेरी भेट हुने विश्वास छ ।’

भाइको याद मनभरी ताजा रहीरहने उल्लेख गर्दै उनले भाइको आत्माको शान्तिको कामना पनि वक्तव्यमा गरेका छन् ।

पछिल्लो केही समयदेखि विरामी अवस्थामा रहेकाले उपचार गराइरहेका राष्ट्रपतिका भाई रोबर्ट ७२ बर्षको थिए । उनको रोग र समस्याका बारेमा भने सार्वजनिक गरिएको छैन ।

उनी ट्रम्प संगठनका कार्यकारी उपाध्यक्षको रुपमा सक्रिय थिए भने राष्ट्रपति ट्रम्पका मुख्य सहयोगी र विश्वास पात्र थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं