Lite Nepal

शुक्रबार, पुष २५, २०८२

झापा । झापाको माइ खोला लगायत स्थानमा बम राखेर आतंकित बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ ।

प्रहरीले कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल ‘सञ्जय’ लाई पक्राउ गरेको हो । उनी ‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका थिए ।

यसअघि उनी २०८१ साल पुसमा सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि प्रेसर कुकर बम राखेको आरोपमा पक्राउ परेर कैद भुक्तान गरेका थिए ।

त्यसैगरी, २०७८ साल चैतमा इटहरी–२ नवजागृति टोलस्थित एक कोठामा भएको बम विस्फोटमा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए । उक्त घटनामा पनि खरेलको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार दुई वर्ष पाँच महिना कैद सजाय भुक्तान गरी छुटेपछि खरेल पुनः विस्फोटक आतङ्कमा सक्रिय भएको पाइएपछि २०८१ साल चैतमा पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा