Lite Nepal

आइतबार, फाल्गुण १७, २०८२

काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएको छ ।

अमेरिकासँग इजरायल र इरानबीचको द्वन्द्वले मध्यपूर्वका विभिन्न देशहरूमा असुरक्षाको अवस्था सिर्जना गरेपछि आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सचिव कमलप्रसाद ढकालले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको बताउँदै नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिए ।

उनले भने, ‘मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको छ । मध्यपूर्वमा रहेका लाखौं नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ । यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेका छन् ।’

त्यस्तै, उनले अहिलेसम्मको जानकारी अनुसार मध्यपूर्वमा रहेका नेपालीहरु सुरक्षित रहेको र मध्यपूर्वस्थित विभिन्न मूलुकमा रहेका १० वटा नेपाली नियोगहरु त्यहाँ रहेका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहेको जानकारी समेत गराए ।

‘अहिलेसम्मको जानकारी अनुसार मध्यपूर्वमा रहेका नेपालीहरु सुरक्षित हुनुहुन्छ । मध्यपूर्वस्थित विभिन्न मूलुकमा रहेका १० वटा नेपाली नियोगहरु त्यहाँ रहेका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहेर अवस्था बुझेर परराष्ट्र मन्त्रालयमा रिपोर्ट गरिरहनु भएको छ,’ उनले भने ।

मन्त्रालयका अनुसार हाल मध्यपूर्वमा करिब १७ लाख २९ हजार २८८ नेपाली रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा