Lite Nepal

शुक्रबार, फाल्गुण २९, २०८२

काठमाडौं । नेपाल वायुसेवा निगमले चट्याङ लागेर न्यारोबडी जहाजको शार्कलेटमा क्षति पुगेको घटनाबारे छानबिन गर्न आन्तरिक समिति गठन गरेको छ ।

निगमका नायब प्रबन्ध निर्देशक डोलेश्वर कोइरालाकोको अध्यक्षतामा बनेको समितिले घटनाको क्रम, प्राविधिक अवस्था र उडान सुरक्षासम्बन्धी पक्ष अध्ययन गरी प्रतिवेदन बुझाउने जनाइएको छ ।

स्रोतका अनुसार हङकङमै ग्राउन्डेड गर्नुपर्ने जहाज यात्रुसहित काठमाडौं फर्काइएको विषयलाई सुरक्षाका दृष्टिले गम्भीर रूपमा हेरिएको छ ।

यसैबीच, फागुन २६ गते हङकङ उडानमा संलग्न ककपिट क्रुलाई तत्कालका लागि उडानबाट रोक लगाइएको छ र घटनाबारे विस्तृत लिखित प्रतिवेदन माग गरिएको छ । उक्त घटनामा चट्याङ लागेर नेपाल एयरलाइन्सको न्यारोबडी जहाज नाइन–एन–एकेएक्स को एउटा शार्कलेटमा क्षति पुगेको थियो ।

फागुन १२ गते काठमाडौंबाट हङकङ उडेको जहाज उडान भरेको केही समयपछि बनेपामाथि आकाशमा पुगेका बेला चट्याङ परेको थियो । जहाजले करिब चार घण्टाको उडानपछि हङकङमा सुरक्षित अवतरण गरेको थियो ।

मर्मतका लागि जहाजलाई मलेसिया पठाउने तयारी गरिए पनि आवश्यक स्वीकृति नआएकाले उडान हाललाई स्थगित गरिएको निगम स्रोतले जनाएको छ । एयरबसबाट औपचारिक निर्देशन आएपछि यात्रु नबोकी विशेष उडानमार्फत जहाज मलेसिया लगिने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं