Lite Nepal

सोमबार, चैत्र ०२, २०८२

झापा । मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज भ्याक्सिन)को अभाव भएको छ ।

सरकारी कोटाअनुसार आउने खोपको आपूर्ति ढिलो भएपछि अभाव भएको नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले बताईन । यसले गर्दा स्थानीयले महँगो मूल्य तिरेर निजी क्लिनिकमा खोप लगाउन बाध्य हुनुपरेको उनले बताईन् ।

नगरपालिका–१० स्थित मेचीनगर आधारभूत अस्पतालमा विगत १५ दिनदेखि खोपको मौज्दात सकिएको हो । स्वास्थ्य शाखा प्रमुख सापकोटाले नगरमा मासिक पाँच सयदेखि एक हजार डोजसम्म खोप खपत हुने भए पनि माथिल्लो निकायबाट महिनामा जम्मा दुई सयदेखि तीनसय डोज मात्र उपलब्ध हुँदा समस्या भएको बताईन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा आउने खोप त्यहाँबाट स्थानीय तहले पाउने व्यवस्था छ । खोपको मात्रा बढाइदिन आग्रह गर्दै प्रदेश आपूर्ति केन्द्रमा पत्राचार गरिए पनि हालसम्म खोप प्राप्त नभएको प्रमुख सापकोटाले जानकारी दिईन् ।

सरकारी अस्पतालमा सहुलियत दरमा पाइने सेवा नपाउँदा न्यून आय भएका नागरिकहरू थप आर्थिक मर्कामा परेका छन् । सरकारी अस्पतालमा रु ३५० बुझाउँदा तीन पटकको पूर्ण डोज खोप उपलब्ध हुने गरेकामा हाल निजी क्लिनिकले प्रतिपटक रु ६५० सम्म शुल्क लिने गरेको जनगुनासो छ ।

स्वास्थ्य कार्यालय झापाका ‘स्टोरकिपर’ युवानाथ बरालले केन्द्रले स्थानीय तहका अस्पतालमा सिधै सुई पठाउने प्रणाली भएकाले जिल्ला तहमा यसको मौज्दात र अभावबारे जानकारी नहुने बताए । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तोकेरै पालिकाहरूमा खोप पठाउने हुँदा समन्वयमा समेत समस्या देखिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा