Lite Nepal

शनिबार, चैत्र ०७, २०८२

काठमाडौं । पशु सेवा विभागले नेपालमा बर्ड फ्लू (एच५एन१) संक्रमण पुष्टि भएको जानकारी दिएको छ । विभागका अनुसार नियमित निगरानीका क्रममा मोरङको सुनवर्षी नगरपालिका–४ र उर्लाबारी नगरपालिका–५ मा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

विभागले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णयअनुसार प्रभावित क्षेत्रमा तत्काल नियन्त्रणका उपायहरू लागू गरिएको जनाएको छ । सो क्षेत्रमा कुखुरा, कुखुराजन्य पदार्थ तथा उत्पादनहरू नष्ट गर्ने, आवतजावतमा कडाइ गर्ने र संक्रमण फैलिन नदिन विभिन्न सतर्कता अपनाइएको छ ।

संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रका कुखुरा फार्महरूमा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाइएको छ भने फार्ममा प्रवेश गर्दा अनिवार्य रूपमा जीवाणुनाशक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, एक फार्ममा काम गर्ने व्यक्तिले अर्को फार्ममा जान नपाउने, प्रयोग भएका सामग्री पुनः प्रयोग नगर्नु पर्ने लगायतका मापदण्ड लागू गरिएको विभागले जनाएको छ ।

यस्तै, कुखुरा राख्ने स्थानको नियमित सरसफाइ, बाहिरबाट आउने सवारीसाधनको नियन्त्रण, अन्य जनावरको प्रवेशमा रोक तथा मरेका कुखुरालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ ।

विभागले कुखुरा तथा कुखुराजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने बताउँदै कुनै स्थानमा असामान्य रूपमा कुखुरा बिरामी पर्ने वा मर्ने अवस्था देखिएमा नजिकको पशु सेवा कार्यालयमा तुरुन्त जानकारी गराउन सबैमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं