काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार अख्तियारले मालपोत कार्यालय, धनकुटाका तत्कालीन कार्यालय प्रमुख सुरेश थपलियासमेत १५ जना उपर गैर कानुनी लाभ वा हानि एवं घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
