Lite Nepal

बुधबार, चैत्र १८, २०८२

इलाम । कोशी प्रदेशका मुख्यमन्त्री हिक्ममतकुमार कार्कीले कोशी प्रदेशमा युवालाई लक्षित गरी उदय परियोजना सञ्चालनको तयारी रहेको बताएका छन् ।

इलामको सूर्योदय नगरपालिका–३ बौद्ध धाममा निर्माण गरिएको बुद्धको प्रतिमासहितको पार्क उद्घाटन गर्दै बुधवार मुख्यमन्त्री कार्कीले नवप्रवर्तन कार्यक्रम मार्फत प्रदेशका युवा उद्यमीलाई लक्षित गरी उदय परियोजना सञ्चालन गर्न लागिएको बताए ।

मुख्यमन्त्री कार्कीले युवा लक्षित उदय परियोजना कार्यक्रम बिहीबार सुनसरीको इटहरीमा हुने कार्यक्रम मार्फत शुभारम्भ गरिने बताए । उनले उक्त कार्यक्रममा लगानी गर्नका लागि कोशी प्रदेशका बिभिन्न बैंकको छनौट गर्ने काम सम्पन्न भइसकेकाले साना, मझौला युवा उद्योगीले सहजै ३० लाख देखि तीन करोड सम्म सहुलियत ब्याजदरमा ऋण पाउने जानकारी दिए ।

कोशी प्रदेश सरकारले स्विस सरकार संगको समन्वयमा आर्थिक वर्ष २०८२।८३ को बजेटमा आठ अर्व रकम विनियोजन गरिएको मुख्यमन्त्री कार्कीको भनाई छ ।

‘युवालाई उद्योग सञ्चालन गर्न सहयोग गरी व्यावसायिक बनाउनका लागि प्रदेश सरकारले दुई वर्ष भित्रमा आठ करोड रुपियाँ लगानी गर्ने योजना बनाएको छ,’ उनले भने, ‘यसले बेरोजगारी समस्या समेत समाधान गर्ने छ ।’

उनका अनुसार हिमाली र पहाडी जिल्लामा सहुलियतमा १० लाख सम्म ऋण उपलब्ध गराइने छ । ३० देखि ४० प्रतिशत धितोमा उक्त ऋण प्रवाह गरिने कार्कीले बताए ।

कोशी प्रदेश सरकारले गत वर्षदेखि युवालाई लक्षित गरी ब्याज अनुदान कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । प्रदेशले कृषि मन्त्रालय मार्फत छ करोड रुपियाँ रकम विनियोजन गरी सुरु गरेको ब्याज अनुदान कार्यक्रममा १५० बढी परियोजना सञ्चालनमा रहेका छन् ।

उक्त ब्याज अनुदान कार्यक्रममा जम्मा लगानीको छ प्रतिशत रकम प्रदेश सरकारले ब्यर्होर्दै आएको मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्त्री कार्कीले उक्त ब्याज अनुदान कार्यक्रमले पहाडी क्षेत्रमा बढ्दै गएको बसाई सराई लाई रोक्न समेत सहयोग पुग्ने दाबी गरे ।

कार्यक्रममा बोल्दै उनले बुद्ध पार्क निर्माणले कोशी प्रदेशमा अर्को नयाँ पर्यटकीय गन्तव्य समेत थपिएको बताउँदै आगामी दिनमा पार्कमा आवश्यक पर्ने थप संरचना निर्माण गर्न प्रदेश सरकारले जिम्मा लिने उद्घोष गरे । उनले बुद्ध पार्कलाई कोशी प्रदेश सरकारले धार्मिक पर्यटकीय क्षेत्रको सूचीमा सूचीकरण गर्ने बताए ।

उद्घाटन गरिए सँगै बौद्ध धाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहितको बुद्ध पार्क सञ्चालनमा आएको छ । कोशी प्रदेश, संघीय सरकार र सूर्योदय नगरपालिकाको आठ करोड हाराहारी लगानीमा निर्माण भएको ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क निर्माण थालिएको ११ वर्षमा सञ्चालनमा आएको हो ।

१७ रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क नेपाल , भारत लगायत तेस्रो देशका पर्यटकका लागि प्रमुख गन्तव्य भएको गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लाकेल लामाले बताए ।

पार्कको उद्घाटन गर्नु अघि बुद्ध धर्मगुरु खेन्छेन नाम्डोल छेरिङ रिम्पोछे सहितका धर्म गुरुबाट  प्राण प्रतिष्ठान गरिएको थियो ।

नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट २ किलोमिटरको दूरीमा रहेको बौद्ध धाममा अहिले भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बरालले उक्त पार्क सञ्चालनमा आएपछि सूर्योदय नगरपालिका भित्र अर्को पर्यटकीय गन्तव्य थपिएको बताउँदै स्थानीय पर्यटन प्रवर्धन सँगै आर्थिक आयआर्जन समेत बढ्ने बताए । उक्त पार्क सँगै स्थानीय पर्यटन व्यवसायीले समेत अन्य पर्यटकीय संरचना निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा